झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

म्याग्दी ,मंगलबार जेठ ७ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो ।

झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र पाखापानीमा वडा कमिटि अध्यक्ष खवीर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा रघुगंगाका अध्यक्ष दिपक कार्कीले सपथ ग्रहण गराउनुभएको थियो । पाखापानीमा आयोजित कार्यक्रममा नेकपा रघुगंगाका अध्यक्ष कार्की र सचिब हरि भण्डारीले रघुगंगा गाउँपालिकाको भौगोलिक समस्यालाई हल गर्न नेकपाको तर्फबाट आबश्यक पहल भैरहेको बताउनुभयो ।

उहाँहरुले स्थानीय स्तरमा रहेका विकासका समस्याहरुलाई प्रदेश र संघिय सरकार मार्फत सम्बोधनको लागि सक्दो पहल गरिएको बताउँदै पार्टी संगठनलाई बलियो बनाउनतर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य ओम पुन, गाउँपालिका कमिटी सदस्य चन्द्रमान छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो । निरोज शेरपुञ्जाको स्वागत र हिमाल गोतामेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार