म्याग्दी साहित्य संचारको तेस्रो अधिवेशन ,अध्यक्षमा खत्री

बेनी,आइतबार जेठ २६ गते । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशन तथा गजल उत्सव कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन हुनुभएको छ। शनिबार बेनीमा समपन्न संचारको तेस्रो अधिवेशनबाट खत्रीको नेतृत्वमा नया कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा गंगा बानियाँ, सचिवमा हिरा शर्मा, कोषाध्यक्षमा रोजीना क्षेत्री, सहसचिवमा सन्दीप रिजाल रहेको समितिको सदस्यहरुमा धिरन खत्री, दिपक शर्मा र गणेश सुवेदी रहनुभएको छ ।

अध्यक्ष खत्री संस्थापक सचिवबाट उपाध्यक्ष हुदै सर्वसम्मत रुपमा अध्यक्ष हुनुभएको हो । खत्री साहित्यसंगै ब्यवसाय र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहन्छ । सोही अवसरमा गजल उत्सव भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार