गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग

उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ ।

फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर र केन्द्रीय सदस्य विश्वराज तामाङले दनुवारको स्वास्थ्य लाभको कामना गरेका थिए ।
एक वर्षदेखि बिरामी दनुवार फोनिजका साधारण सदस्य हुन् । पत्रकार दनुवारले सहयोगी सबैलाई धन्यवाद दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार