नाप तौल सामाग्रीको परिक्षण तथा नविकरण गर्न घुम्ती शिविर

म्याग्दी, शनिबार असार ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा नाप तौलका सामानको परिक्षण र नविकरणका लागि घुम्ती शिविर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरा स्थित कार्यालयले शनिबारदेखी बेनीमा घुम्ति शिविर सञ्चालन गरेको हो ।


शिविरको पहिलो दिन २०१ जना व्यवसायीले सेवा लिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय प्रमुख नवराज अधिकारीको नेतृत्वमा आएको ५ जनाको टोलीले आइतबार गलेश्वर र बेनीका सुनचाँदी व्यवसायीहरुले प्रयोग गर्ने नापतौलका उपकरणको परिक्षण तथा नविकरण गर्ने जनाइएको छ ।


जिल्लामै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन डोर टोली ल्याएको अध्यक्ष कर्माचार्यको भनाई छ । शिविर शनिबारदेखी आइतबार सम्म दुई दिन सम्म संचालन हुने उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार