ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद

म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको विच जिल्ला परिषद सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष मुराररी शर्माले संगठन बलियो भएमा मात्र श्रमिलाई हक अधिकार प्राप्त हुने बताउनुभयो । उहाँले अन्यायमा परेका श्रमिकको हक अधिकार प्राप्तीका लागि संगठनले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेस म्याग्दीका अध्यक्ष कोमल प्रसाद उपाध्यायले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा रहेका श्रमिकको हक हित र अधिकार प्राप्तीका लागि संगठनले महत्तपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।

अध्यक्ष उपाध्यायको अध्यक्षता ,सचिव बोधहरी सुवेदीको संचालन र उपाध्यक्ष नन्दकली सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्की,प्रवत्ता अजयमिलन श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सोमाकान्त सुवेदीले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार