राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई

बेनी ,बुधबार असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ ।

१० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको छ । सामुदायीक विद्यालयहरुबाट प्रकाश माविले ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा ४ स्वर्ण र १ कास्यसहित वेष्टपोईन्टका इश्वर सेन्चुरी र सोही विद्यालयकी आईसा केसीले ३ स्वर्ण जितेर प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । संघिय संरचना अनुसार नगररगाउँपालिका स्तरमा संञ्चालन गरिएको प्रतियोगिताबाट पहिलो र दोस्रो भएका विद्यालय र खेलाडी विच जिल्ला तहमा प्रतिस्पर्धा गराईएको हो ।

राष्ट्रपति शिल्ड प्रतियोगिताको मुख्य आकर्षण मानिने भलिवल खेलमा छात्रा तर्फ बेनी नगरपालिकाका माउण्ट एभरेष्ट आवसीय माविलाई ३–१ सेटमा पराजित गरी अन्नपूर्ण गाउँपालिकाको ज्ञानप्रकाश माध्यामिक विद्यालय पहिलो भएको छ । त्यसैगरी छात्र भलिवल तर्फ मंगला गाउँपालिकाको मंगला माध्यामिक विद्यालयलाई ३–१ सेटमा पराजित गरी बेनीको माउण्ट एभरेष्ट आवसीय मावि पहिलो भएको छ ।

प्रतियोगितामा छात्ररछात्रा भलिवल, एथलेटिक्स तर्फका छात्ररछात्रा एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एकरएक तथा चाररचार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प र मार्सल आर्टसका विभिन्न खेल समावेश थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयले क्रमश शिल्ड, प्रमाण–पत्र, मेडल र नगद १५ हजार, १२ हजार र ९ हजार नगद हात पारे ।

गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले विजेता विद्यालयलाई बधाई दिनुभएको थियो ।विजेता विद्यालयलाइ आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बधाई व्यक्त गर्नुभयो । प्रतियोगितामा छनौट भएका विद्यालयले पोखरामा हुने गण्डकी प्रदेश स्तरीय खेलकुदमा सहभागि हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार