लमजुङको दोर्दी खोलामा बाढी आउँदा चार जनाको ज्यान गयो

लमजुङ ,बिहिबार साउन ९ गते । लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।त्यस्तै पाँच जनाको सकुशल उद्धार भै उपचारका लागि अस्पताल लगिएको घटनास्थलमा रहनु भएका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो ।

तस्वीर : रेडियाे चाैतारी

बाढीले बगाएर केही बेपत्ता भएको प्रहरीले आशंका गरेको छ । दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनामै काम गर्ने ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन ।

दोर्दी गाउँपालिका–४, शेरामा दुई जना र कीर्तिपुरमा दुई जनाको शव भेटिएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँले हराइरहेकाहरुको खोजी भइरहेको बताउनुभयो ।

खोलामा बाढी आएपछि आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार