सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा

साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो ।

सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती र सुत्केरी महिलाहरुलाई घरमै पुगेर १० वटा अण्डा दिने गर्दछन् । उनीहरुले दिएको अण्डा खान योग्य नभएको र सडँेको अवस्थामा पाइएको महिलाहरुले गुनासो गरेका छन् । अण्डा खान योग्य छ वा छैन कुनै जाँच परिक्षण नगरी अण्डा वितरण गरिएको छ ।

जेठको १६ गते अन्नपूर्ण गाउँपालिका १ दोबामा कार्यरत सामाजिक परिचालिका मनकुमारी गर्बुजाले स्थानीय अमृत गर्बुजाको घरमा दिएको १० ओटा अण्डा कुहिएको पाइएको हो । घरमा आएर सामाजिक परिचालिकाले १० ओटा अण्डा दिनुभएको थियो अमृत गर्बुजाले भन्नुभयो ‘बेलुका सुत्केरी श्रीमतिलाई बनाएर खुबाउँदा त सबै कुहिएको पाइयो ।’ गबुर््जाले कुहिएका अण्डा सहितको तस्विर सामाजिक सञ्जाल फेसबुकमा समेत राख्नुभएको थियो ।

कुहिएका अण्डा खानै नहुँने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्य बताउनुहुन्छ । कुहिएका अण्डा खाएमा पखला लाग्ने,पेट दुख्नुका साथै फुट पोइजन हुने उहाँले बताउनुभयो । अण्डा खान योग्य छ वा छैन जाँचेर मात्र वितरण गर्नुपर्ने उहाँले बताउनुभयो । हचुवाका भरमा अण्डा वितरण गर्दा यस्तो भएको हुनसक्ने उहाँको भनाई छ । अण्डाको क्रेटमा उत्पादन भएको र प्रयोग गर्ने मिति हुनुपर्दछ । उत्पादन भएको लामोसमय भएमा त्यो अण्डा खानयोग्य हुँदैन । यदी कुहिएको अण्डा नै वितरण गरेको हो भने यसले मानव जिवनमा गम्भिर असर पुग्ने स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

सामाजिक परिचालिका गर्बुजाले कुहिएको अण्डा वितरण नगरेको बताउनुभयो । उहाँले गाउँमै खरिद गरेर बाडेको हो कसरी त्यस्तो प¥यो आफू पनि अचम्मीत भएको बताउनुभयो । अरुबाट गुनासो आएको छैन त्यहाँ कसरी त्यस्तो प¥यो गर्बुजाले भन्नुभयो । सुत्केरी भएको १५ दिन भित्र घरमा पुगेर दुइसय रुपियाँ बराबरको खानेकुरा दिने कार्यक्रम हो उहाँले भन्नुभयो ‘फलफुल र अण्डा दिने गरिएको छ जानी जानी उहाँलाई कुहिएको अण्डा दिएको होइन ।’ सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो उहाँले भन्नुभयो ।

वितरण गरिएका अण्डाहरु कुहिएको पाइएपछि सुआहाराले मावन जिवनमा गम्भिर लाप
रबाही गरेको छ । वितरण हुने अण्डा खाना योग्य छ वा छैन कुनै परिक्षण नगरी सुत्केरी महिलालाई दिँदा यसले महिलाको स्वास्थ्यमा गम्भिर असर पुग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुआहाराले ६ वटै स्थानीय तहमा पुगेर सुत्केरी आमाहरुको पोषणमा सहयोग पुगोस भनेर अण्डा वितरण गर्ने गरेको छ । सुत्केरी महिलाहरुलाई अण्डा वितरण गर्नुका साथै पोषण सम्बन्धी परामर्श दिने गरेको मिलन म्याग्दीका तथ्याङ्क व्यवस्थापन अधिकृत लेकनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दलित,गरिब विपन्न परिवारका गर्भवती र सुत्केरी महिला गरी पाँच सय ८४ जनालाई करिब एक लाख १६ हजार ८ सय बराबरको अण्डा वितरण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामा एक सय ७,धवलागिरीमा ७० जना,अन्नपुर्णमा ८४ जना रघुगंगामा ९९ जना र बेनी नगरपालिकामा एक सय ४९ जना गरी पाँच सय ८४ जनालाई अण्डा वितरण गरिएको छ ।

मिलन म्याग्दीको सामाजिक परिचालकद्धारा स्थानीय बजारबाट खरिद गरी अण्डा वितरण गरिएको मिलनका तथ्याङक व्यवस्थापन अधिकृत सापकोटाले बताउनुभयो । सुआहारा कार्यक्रम अन्तर्गत ६ सय जनालाई अण्डा वितरण गर्ने लक्ष्य लिए पनि पाँच सय ८४ जनालाई मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार