पेरी भरानी मन्दिरमा भक्तजनको भिड

सुरेन गुरुङ
म्याग्दी, शुक्रबार साउन ३१ गते ।

म्याग्दीको अन्नपूर्ण अन्नपुर्ण गाउँपालिका ७ घराम्दिमा अवस्थित पर्यटकीय एवं धार्मिक स्थल पेरी भरानी मन्दीरमा भक्तजनको भिड बढेको छ ।

हरेक बर्ष जनैपुर्णिमा यहाँ विशेष पुजाआजा हुने गर्दछ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्दीरमा बोका परेवाको बली चढाइन्छ । विभिन्न ठाउँबाट भक्तजनहरु भाकल गरी पुजाआजा एवम् दर्शन गर्न आउने गर्दछन् । मन्दिर नजिकै रहेको तालमा पुर्वाधार विकास हुन सकेमा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार