बेनीको सडकमा चरम बेथिति,नियमनकारी निकाय मौन (फोटो /भिडियो सहित)

म्याग्दी ,विहिबार साउन १६ गते ।

बेथिति १
बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ ।

बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर

बेथिति २
बेनी प्रवेशद्धार नजिक सडक मिचेर घर निर्माण गरिएको छ । नगरपालिकाको अनुमतीविना रातको समयमा घर बनाइएको हो । यसबारेमा बेनीनगरपालिका बेखबर छ ।
बेथिति ३
सर्वसाधारण हिड्ने फुटपाथ नै मिचेर व्यवसायिहरुले पसलका सामानहरु राखेका छन् । सडकमा अव्यवस्थित तरिकाले सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढेको छ । सडक मापदण्ड उल्ङ्घन गर्दै नगरपालिका आफैले बेनी जोमसोम सडक अन्तर्गत बसपार्क नजिक सडक छेवैमा राख्न दिएको पेट्रोलपम्प ।

बेनी प्रवेशद्धारा नजिक सडक मापदण्ड मिचेर मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सले घर ठडाएको छ । हार्डवयरले सडकको ६ मिटर क्षेत्राधिकार मिचेको छ ।

घर नबनाउन नगरपालिकाले पटक पटक निर्देशन गर्दा पनि अटेरी गर्दै हार्डवयर व्यवसायीले घर बनाएका हुन । सडक मिचेकाले नगरपालिकाले घर बनाउन अनुमित नै दिएको छैन । कानुनको खिल्ली उडाउदै मुक्तीनाथ हार्डवयरले घर बनायो । यो घटनाबाट नगरपालिका कति कमजोर रहेछ भन्ने पुष्टी हुन्छ । एउटा व्यक्तीले कानुनको अटेरी गरेर घर बनाउँदा नगरपालिका निरही छ ।

बेनीको वसपार्क नजिक बेनी – जोमसोम सडकको विच भागमा नै सडक मापदण्ड मिचेर पेट्रोलपम्प राखिएको छ । यो पेट्रोलपम्प राख्न नगरपालिका आफैले स्विकृति दिएको हो । पम्पकै नजिक रहेको न्यू वेष्ट प्वाइन्ट आवाशीय माविले सडक मिचेर विद्यालयमा जाने प्रयोजनका लागि सडक बनाएको छ । त्यस्तै बेनी दरवाङ सडकको महारानी थानमा माउन्ट एभरेष्ट आवाशीय विद्यालयले सडक मिचेर विद्यालय जाने सडक बनाएको छ । यि सडक बेथितिका ज्वलन्त उदाहरणहरु हुन । राजनीतिक पहुँच,धन पैसा र शक्तिका आधारमा बेनीमा कानुनको अटेरी बढेको छ ।

सडक बेथितिलाई नियमन गर्ने निकाय नगरपालिका नै आफै सडक मापदण्ड पालना गर्दैन । जनप्रतिनिधि देखि राजनीतिक तहका उच्च व्यक्तीहरु संलग्न व्यवसायिक फर्म र विद्यालयले कानुनको खिल्ली उडाएका छन् । भने व्यवसायिक रुपमा स्थापीत केही व्यक्तीहरुको अटेरीका कारण सडकमा बेथिति बढेको छ ।

सडक मिचेर बनाइएका संरचनालाई नगरपालिकाले राजश्व उठाएर बैधानिकता दिन्छ । बेनी नगरपालिका ७ नम्बर वडा कार्यालयको गेट अगाडि सडक मिचेर ठेलागाडी राखिएको छ । जनप्रतिनिधिले दिनहुँजसो अव्यवस्थित सडक हेरिरहुनु भएको छ । वर्षौ वितिसक्दा पनि समस्या समाधानमा कुनै पहल छैन ।

भिडियो रिपोर्ट हेर्नुहोस् :

सडक आसपासका खाली जग्गा नगरपालिकाले व्यवसायिक प्रयोजन भन्दै भर्दै जानले पार्किङको समस्या पैदा भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । साघुरो सडक त्यसमा पनि आसपासमा राखिएका टहरा र ठेलागाडीले समस्या निम्ताएको उहाँको भनाई छ ।

‘मैले यो समस्याका वारेमा बेनी नगरपालिका हुुनुभन्दा पहिला पनि उठाएको हो । खाली जमिन भर्दै जाँदा पार्किङको समस्या बढेको छ । खाली जग्गा यसरी नभरौं भनेर उद्योग वाणिज्य संघले यसअघि विरोध गरेका थियौं,उहाँले भन्नुभयो नगरपालिकाले टेरेन ।’ हामी सवै मिलेर यो समस्या समाधान गरौं भन्दा उहाँहरुले वस्ता गर्नुहुन्न । बेनीको पिपलचोक स्थित फुटपाथ नै मिचेर राखिएका सामानहरु । साघुरो सडक त्यसमा पनि फुटपाथभरीने गरि राखिएका सामानले सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या छ ।

कानुनलाई कार्यान्वय गर्ने निकाय हामी होइनौं । कानुन कार्यान्वयन गर्ने निकाय निधाएको छ उहाँले भन्नुभयो ‘बारम्बार भन्दा पनि नगरपालिकाले कुनै ध्यान दिएको छैन । सडकमा बेथिति बढेको छ । सडकलाई फराकिलो बनाऔं भनेर भनेका छौं ।’ उहाँले भन्नुभयो ।

सडक फराकिलो बनाएर सुन्दरता बढाउनुका साटो कुरुप भएको बजारवासी बताउँछन् ।नगरपालिकाले आन्तरिक आम्दानी बढाउने नाममा खाली जमिन नराख्ने हो भने भने भोलि अझै विकराल अवस्था सिर्जना हुनसक्ने उहाँले बताउनुभयो ।

वडाका जनप्रतिनिधिहरुलाई बारम्बार जानकारी गराउँदा चासो दिनुहुन्न अध्यक्ष कर्माचार्यले गुनासो गर्नुभयो । व्यवसायीहरुले फुटपाथ नै मिचेर सामानहरु राख्नुभएको छ । हामीले व्यवसायीलाई भनेका छौं उहाँले भन्नुभयो ‘कानुन हातमा लिएकाले कार्यान्वयनमा जोड दिनुप¥यो ।’

नगरपालिकाको कार्यालय अगाडि सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या हुनेगरी वर्षौ देखि व्यवसायिक ठेलागाडी,टिकट काउन्टर र टहरा छन् । आन्तरिक आम्दानी बढाउने नाममा नगरपालिकाले यी संरचनाहरु निर्माण गरेको हो ।

साघुरो सडक त्यसमा पनि दुवैतर्फ व्यवसायिक संरचना निर्माणले सडक दुर्घटनाको जोखिम उत्तिकै वढेको छ । भने अर्को तर्फ सडकको सुन्दरता गुमेको छ । व्यवसायिको अटेरी र सडक छेउछाउका अव्यवस्थित संरचनाले बजारमा ट्राफिक जाम हुनथालेको जिल्ला ट्राफिक प्रमुख मित्रलाल ढकालले बताउनुभयो । नगरपालिकाले बजार क्षेत्रमा बनाएका व्यवसायिक टहरले दुर्घटना निम्ताउनुका साथै बजारको सुन्दरता पनि गुमेको उहाँले बताउनुभयो ।

सडकलाई व्यववस्थित गर्न ति संरचनाहरु हटाउन आफूले जनप्रतिनिधिलाई सुझाव दिएको उहाँको भनाई छ । फुटपाथ नै मिचर राखिएका सामाग्रीले पैदलयात्रीलाई समस्या छ । उहाँले भन्नुभयो ।

बेनीमा पछिल्लो समय सवारी सधान वढेका छन् । सडकमा बेथिति बढ्दा पार्किङ व्यवस्थापन गर्न चुनौती थपिएको ट्राफिक प्रमुख ढकालले बताउनुभयो । सडक छेउछाउका संरचना हटाउने हो भने बेनीको सुन्दरता पनि थपिन्थ्यो । हामीलाई पनि ट्राफिक व्यवस्थापन गर्न सहज हुन्थ्यो उहाँले भन्नुभयो ‘त्यस्ता संरचनाहरु हटाउन जनप्रतिनिधि र अन्य सरोकारवाला पक्षहरुले ध्यान दिनुपर्दछ ।’

बेनीको सडक गल्ली साघुरा छन् । त्यसमा व्यवसायीहरुले अटेरी गरेर फुटपाथमा सामाग्री राखेकाले समस्या उत्पन्न भएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

समस्यालाई समाधान गर्न उद्योग वाणिज्य संघको सहकार्यमा पहिला पनि पहल गरेको भएपनि कार्यन्वयनमा समस्या आएको उहाँले बताउनुभयो । सडकमा बेथिति बढेको स्विकारर्दै उहाँले भन्नुभयो ‘कार्यपालिकाको वैठक बसेर यसबारेमा चाँढै ठोस निर्णय गर्नेछौं ।’

७ नम्बर वडा भित्रको अतिक्रमण हटाउन वडाले पहल थालेको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । सडक आसपासका ठेलागाडी र टहरा राख्ने अनुमितिको मिति सकिएको छ । सडक छेउछाउमा राख्ने गरी अब अनुमति नविकरण हुँदैन । म्याग्दी खोलाको तीरस्थित बहुउद्देश्यीय मैदानमा स्थानान्तरणको योजना उहाँले सुनाउनुभयो ।

ठेला गुडाउन दिएको हो वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘सडक छेउमा राख्नलाई दिएको होइन ।’ यो समस्या जनप्रतिनिधि आउन भन्दा पहिलाको हो । ठेलालाई व्यवस्थित गर्न म्याग्दी खोला तिरमा वनेको बहुउद्देश्यीय मैदानमा व्यवस्थित गर्ने नगरपालिकाको योजना भएको उहाँले बताउनुभयो । कतिपय पसलहरुलाई वाहिर राखिएका सामान हटाउन पत्र काटिएको छ ।

अव पनि उहाँहरुले अटेरी गरेमा सामान नै जफत गर्नेछौं । उहाँले भन्नुभयो । उहाँका अनुसार जिपपार्कलाई व्यवस्थि गर्ने गरी नगरपालिका अगाडि बढेको छ । नगरपालिका गेट अगाडीका टिकट काउन्टरहरु पनि हट्छन् । यी सवै समस्या समाधानका लागि नगरकार्यपालिकाले मलाई जिम्मा दिएको छ । उहाँले भन्नुभयो । सडक मापदण्ड मिचेर नगरपालिकाले राख्न दिएको सडक छेवैको टिकट काउन्टर

नगरभित्रका सडकलाई व्यवस्थित गर्ने दायित्व स्थानीय सरकारको भएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो । केही स्थानहरुमा समस्या आएको छ ।

सडक मापदण्ड मिचिएको छ । कतिपय स्थानमा व्यवसायिहरुले अटेरी गरेर सडक मिच्नुभएको छ उहाँले भन्नुभयो ‘नगरपालिकाले नतिजा आउने गरी निकट भविष्यमा सवै समास्याको समाधान गर्ने छ ।’ पछिल्लो समय अनुगमनको पाटो फितलो भएकाले पनि समस्या आएको उहाँको भनाई छ ।

फुटपाथको समस्या हटाउन ७ र ८ का वडाअध्यक्षहरुले पहल पनि गर्नुभएको छ । बहुउद्देश्यीय मैदानमा व्यवस्थित गर्ने पनि भनेका छौं । यसो गरियो भने अवरोध हट्छ ।सर्वसाधारणहरुलाई पैदल हिड्न समेत समस्या हुने गरी राखिएका ठेलागाडीसडकमा नै पसल गर्ने काम गर्नुहुँदैन । हामीले अनुगमन गरेर भनेका पनि छौं ।

केही अटेर गर्ने व्यवसायीहरु सँग छलफल गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा बनाइएका टहरा र राखिएका ठेलागाडीलाई हटाउन नगरपालिकाले पहल थालिसकेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । सवैको साथ र सहयोग मिलेमा सडकको अवरोध हटाउन सकिने उहाँको भनाई छ । नवबिकल्प साप्ताहिक पत्रिकामा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार