मन्त्री पुनद्धारा प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे मेसिन उद्घाटन

म्याग्दी,शुक्रबार साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा रहेको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेसीनको शुक्रबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको सो मेसीनको सामाजिक विकासमन्त्री नरदेबी पुनले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।

मेसीनको उद्घाटन गर्नुहुँदै मन्त्री पुनले ग्रामिण भेगका सेवाग्राहीलाई लक्षित गरी प्राथमिक स्वास्थ्य केन्द्रमा मेसीन जडान गरिएको बताउनभुयो । स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन तथा ग्रामिण भे्गका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन एम्वुलेन्सको व्यवस्था गर्न लागिएको मन्त्री पुनले जानकारी दिनुभयो ।

मेसीन जडान संगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र रोग पहिचान गर्न सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गणेश श्रेष्ठले बताउनुभयो ।
यसअघि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव ,एक्सरे सेवा लगायतका स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको थियो । मेसीन जडान संगै अत्यावश्यक सेवा लिन सदरमुकाम बेनी लगात बागलुङ र पोखरा धाउन नपर्ने भएको छ ।

गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँपालिका मात्र नभई धवलागीरी ,मंगला र छिमेकी जिल्ला बागलुङ बासीले समेत सेवा लिँदै आइरहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेसीन जडानले उपचार सेवालाई थप प्रभावकारी बनाउन सघाउ पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।

मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता ,डाक्टर श्रेष्ठको स्वागत तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य दिवाकर सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार