विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

यामनाथ पौडेल
देविस्थान ,शनिबार भदौ ७ गते ।

जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले सहयोग वितरण गरिएको हो ।

कार्यंक्रममा गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले र शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा पुजाले सहयोग हस्तान्तरण गर्नुभएको हो । शिक्षा संयोजक लामिछानेले अभिभावक विहिन तथा विपन्न परिवारका विद्यार्थीको शैक्षिक क्षेत्रमा आर्थिक सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग वितरण गरिएको बताउनुभयो ।

मन्त्रालयको निति तथा मापदण्ड अनुसार गाउँपालिका भित्रका गरिब विपन्न परिवारका विद्यार्थीहरु छनोट गरी आर्थिक सहयोग वितरण गरीएको उहाँले बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि आर्थिक लगानी गरेपनि सन्तोषजनक नदेखीएको बताउनुभयो ।

विद्यालयको गुणस्तर बृद्धिका लागि अभिभावक ,विद्यार्थी र शिक्षक विचमा समन्वय तथा त्रिकोणात्मक सम्बन्ध हुन जरुरी रहेको संयोजक लामिछानेले बताउनुभयो ।
शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा पुर्जाको अध्यक्षता ,शिक्षक यामनाथ पौडेलको स्वागत र शिक्षक नरबहादुर विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सामाजिक विकास मन्त्रालयको अभिभावक विहिन तथा विपन्न विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाका २९ विद्यालयका १ सय ३८ जना अभिभावक विहिन र विपन्न विद्यार्थीलाई ६ हजारका दरले १० लाख ८० हजार रुपैयाँ वितरण गरिने शिक्षा संयोजक लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार