भारतलाई हराउँदै च्याम्पियन बन्ने दाउमा नेपाल

काठमाडौं,शनिबार भदौ १४ गते । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज ९शनिबार० नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेपाल अघिल्ला दुई संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपाधि उचाल्नबाट बञ्चित भएको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल उपाधि उचाल्ने योजनामा छ । नेपाललाई आज पहिलो खेलमा भएको हारको बदला लिने अवसर पनि छ ।
यता प्रतियोगिताको सबै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको भारत आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने योजनामा छ ।
नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार