म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित

म्याग्दी ,शनिबार भदौ १४ गते ।
म्याग्दी न्युज डटकमका प्रकाशक साधन राम्जाली मगर सम्मानित हुनुभएको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा राम्जाली मगर सम्मानित हुनुभएको हो ।

पत्रकारिता मार्फत संस्थाको अभियानमा महत्त्वपूर्ण भुमिका निभाएको भन्दै सम्मान गरिएको कोषले जनाएको छ । राम्जाली बेनीबाट प्रकाशित हुने नवबिकल्प साप्ताहिक ,आदर्श समाज राष्ट्रिय दैनिक , फेवा टेलिभिजन लगायत विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।

सोही अवसरमा राम्जाली मगर सहित जिल्लामा क्रियाशिल पत्रकारहरु पनि सम्मानित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार