खुल्ला तिज गीत प्रतियोगिता नवज्योति आमासमुह प्रथम

बेनी,मंगलबार भदौ १७ गते ।
बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउँपालिका ५ अर्मनको नवज्योति आमा समुह प्रथम भएको छ । यसैगरी रघुंगा गाउँपालिका–१ बेगको बणिबराह आमा समुह द्धितिय,मंगला गाउँपालिका–२ सल्यानका महारानी आमा समुह तृतिय र बेनी नगरपालिका–५ को चिप्लेटी आमा समुह सान्त्वना हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमशः नगद रु १२ हजार, ८ हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, अन्तरपाटी महिला सञ्जालका अध्यक्ष मुना बानियाँ, नगरपालिका स्तरीय वडा स्तरीय महिला सञ्जालका अध्यक्ष भावना पौडेल लगायतले कलाकारहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

बेनीमा अन्तर आमा समुह स्तरिय तिज गित प्रतियोगिता .

बेनीमा अन्तर आमा समुह स्तरिय तिज गित प्रतियोगिता .

Posted by MyagdiNews.com on Monday, September 2, 2019

कार्यक्रमका संयोजक नारायण पौडेलको अध्यक्षता, धौलागिरी नाट्या समुहका सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उपमेयर बरुवालले तिलको मौलिकतालाई संरक्षण र संवद्र्धन गर्न आबश्यक रहेको भन्दै प्रतियोगिताले महिलाहरुको क्षमतालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।

बेनीमा अन्तर आमा समुह स्तरिय तिज गित प्रतियोगिता .

बेनीमा अन्तर आमा समुह स्तरिय तिज गित प्रतियोगिता .

Posted by MyagdiNews.com on Monday, September 2, 2019

्कार्यक्रममा अन्तरपाटी महिला सञ्जालका अध्यक्ष मुना बानियाँ, बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, वडा स्तरीय महिला सञ्जालका अध्यक्ष भावना पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।

लोकगायक अमित विश्वकर्माको चिनेउ दिदी भाई बोलेको माइती गाउँबाट

लोकगायक अमित विश्वकर्माको चिनेउ दिदी भाई बोलेको माइती गाउँबाट ………

Posted by MyagdiNews.com on Monday, September 2, 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार