आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

बेनी,आइतबार भदौ २२ गते ।
म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई संयुक्र रुपमा १ लाख १८ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सो आर्थिक सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर रोका मगरलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तीका लागि स्वर्गीय चन्द्रकला स्मृति अक्षयकोष स्थापना गरीएको विद्यालयका प्रअ तथा सहयोगदाता हेमबहादुर बुढा मगरले जानकारी दिनुभयो ।


आर्थिक सहयोग प्रभु बैंकमा जम्मा गएिको र जम्मा भएको रकमको बार्षिक रुपमा आउने ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोका मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार