कक्षा ११ को नतिजा प्रकाशित,४१ दशमलब ७० प्रतिशत उत्तिर्ण

काठमाण्डौ ,मंगलबार असोज ७ गते ।
कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार