प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा

सुरेन गुरुङ ,घोरेपानी
शुक्रबार असोज १७ गते ।

वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो।

अन्नपूर्ण गाउँपालिका ६ घोडेपानीमा बिहीबार भएको फाइनलमा घतानले बेनी नगरपालिका ५ पुलाचौरलाई सोझो तीन सेटमा पराजित गरेको थियो । महिला तर्फ अन्नपूर्ण गाउँपालिका दोस्रो भएको छ ।

पुरुषतर्फ बिजेता र उपबिजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार महिलामा बिजेता र उपबिजेतालाई ५० हजार र तीस हजार पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर बर्गुजा पुन ,मोनाका संस्थापक प्रकाश पुन, नवनिर्वाचित अध्यक्ष ओमनारायण जुग्जाली, निवर्तमान अध्यक्ष चक्र थापा,मोना नेडरल्याण्डका अध्यक्ष जंग बहादुर पुन लगायतले पुरस्कार वितरण गरेका थिए। असोज १२ गते बेनीमा उद्घाटन भएको प्रतियोगिताको फाइनल खेल पर्यटकीय स्थल घोरेपानीमा सञ्चालन भएको थियो । पुरुषतर्फ १४ र महिलातर्फ ६ समूहले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार