मंसिरमा १८ औं म्याग्दी जेसिज कपको आयोजना हुने

बेनी ,शनिबार असोज १८ गते ।
आगमी मंसिर १० देखी १४ गते सम्म बेनीमा अन्तर मावि स्तरिय म्याग्दी जेसिज कप आयोजना हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर १० देखी १४ गते सम्म बेनीमा १८ औं जेसिज कप पुटबल प्रतियोगिता संचालन हुने भएको खेल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो् ।

प्रतियोगितामा विजेता टिमले जेसिजकप रनिङ्ग ,ट्रफी,मेडल प्रमाणपत्र र ४५ हजार रुपैयाँ र उपविजेताले ट्रफी ,मेडल प्रमाणपत्र र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोल रक्षक ,उत्कृष्ट डिफेण्डर ,उत्कृष्ट स्ट्राइकर ,उत्कृष्ट मिडफिल्डर ,राईजिङ्ग प्लेयर ,उत्कृष्ट टिम कोच,अनुशासित टिमलाई मेडल ,प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिताको प्रत्येक खेलामा म्यान अफ द म्याच घोषणा गरि पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दशैलगत्तै समिति उपसमिति गठन गरी आन्तरिक तथा बाह्य तयारी थालिने महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । म्याग्दी जेसीजका अध्यक्ष खम थापा मगरले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर तथा खेलकुदको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार