मिडिया सोसाइटी अवार्ड पत्रकार आचार्यलाई

बेनी ,शनिबार कात्तिक ३० गते ।
नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटीका कोषाध्यक्ष पत्रकार ठाकुर प्रसाद आचार्य ‘मिडिया सोसाइटी अवार्ड ’बाट सम्मानित हुनुभएको छ । जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको संचालन तथा व्यवस्थापनमा संचालित मिडिया ,संचार संस्थाहरुको साझा संस्था म्याग्दी मिडिया सोसाइटीले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको सो मिडिया अवार्डबाट यस बर्ष जिल्लामा एक दशक बढी लामो समय पत्रकार पेशामा क्रियाशिल पत्रकार आचार्य सम्मानित हुनुभएको हो ।

शनिबार बेनीमा सम्पन्न मिडिया सोसाइटीको तेस्रो बार्षिक साधारणसभाको अवसरमा गण्डकी प्रदेश सदस्य सांसद विनोद केसी र मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले आचार्यलाई ६ हजार पाँच सय रुपैयाँ सहित दोसल्ला तथा प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

पत्रकार आचार्य जिल्लाको नवविकल्प साप्ताहिक,विकल्प न्युज डटकम तथा गोरखापत्र संगै विभिन्न संचार माध्यममा आवद्ध हुनुहुन्छ । साथै सोही अवसरमा मिडिया सोसाइटीले सुचना प्रवाहमा सहयोग गर्दैै आइरहनुभएका अन्नपुर्णबाट सेते तिलिजा र रघुगंगा गाउँपालिकाबाट दलप्रसाद तिलिजालाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । यसअघि जिल्लामा एक दशक लामो पत्रकारीता पेशामा आवद्ध मिडिया सोसाईटीका सचिव अमित विश्वकर्मालाई सो मिडिया अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार