मृगौला पिडितहरुको गुनासो प्रधानमन्त्रीले पिडा सुनेनन्

काठमान्डौ,सोमबार मंसिर २ गते । मिर्गौला पीडितले आफ्नो सेवा सुबिधा नदिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार र माइतिघर क्षेत्रमा आफ्ना मागहरु सहित धर्ना बसेका हुन् ।

मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सहयोग कटौती गरेको भन्दै दुखेसो पोखेका थिए । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरू प्रधानमन्त्रीसँग भेट्न नपाएपछि उनीहरु रुष्ट बनेका थिए।

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि मृगौला पिडितले पाउदै आएको सेवा सुबिधा कटौती गर्नुभयो । ओली स्वयम् मिर्गौला पि’डित भएर सिंगापुर गएर ३२ करोड ५२ लाख उपचार खर्च गर्ने तर हामीलाई ५ हजार रुपिया दिन नसक्ने ? भन्दै पीडितले प्रधानमन्त्री प्रति प्रश्न गरे । मृगौलाको समस्या स्वयम् भोगिरहेका प्रधानमन्त्रीले आफूहरूको समस्या नबुझेको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

बिरामीको डाइलोसिस हुने अस्पतालहरुमा आठ महिना पुग्दा पनि सरकारले बिरामीको बिल भुक्तानी नगर्दा अस्पतालले पिडितलाई दिने सेवा सुबिधा समेत कटौती हुने अबस्था आएपछि आन्दोलन गर्नुपर्ने बाध्यता भएको मृगौला पि’डित सरोकार पि’डित नेपालका केन्द्रिय अध्यक्ष बलाराम सुबेदीले जानकारी दिए । पिडितहरुको नेतृत्व गरिरहेका सुबेदीले भने, हेमोडाइलोसिस गरे बाफत सरकारले अस्पतालहरुमा पेमेन्ट गरेको छैन, यसकारण अस्पतालहरुले बिरामीलाई सेवा सुबिधा दिन नसक्ने भन्छन, अब मृगौला बिरामीले कसरि उपचार पाउछन ?’

यस्ता छन् मागहरु

पेरोटोरियम डायलेसिस गर्नेहरु २ सय १८ जना, नियमित डाइलोसिस गर्नेहरु १ सय १९ जना र हेमो डाइलोसिस गर्नेहरुको संख्या ३ हजार ८ सय जना रहेको सुबेधिले जनाए । अस्पतालले बिरामीको कुरुवा घर वा रुमको ब्यबस्था नगरि दिंदा समस्या झेल्नु परेको पिडितहरुको गुनासो रहेको थियो ।

बालुवाटारको धर्नापछि माइतिघर पुगेका पिडितहरु १४ बुंदे मागहरु बोकेर आजै स्वास्थ्य मन्त्रालय पुगेका छन् ।तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाको सरकारले मिर्गौला डाइलोसिस पिडित तथा दिर्घरोग जिविकोपार्जन बाफत मासिक भत्ता ५ हजार दिने निर्णय तत्काल लागु गर्न माग गरेका छन् । सीएपीडि मृगौला रोगिको पोरिटोरियम औषधि निशुल्क भनेको तर बैशाख १ गते देखि प्रति प्याकेट रु। २२ को दरले तिर्नु पर्ने समस्यालाई समाधान गर्न माग राखेका छन । पोष्टपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार