अन्नपुर्णको शिख देखि घोडेपानीसम्म घोडा दौड,घान्द्रुकका गुरुङ बिजयी

सेते तिलिजा
शिख, आइतबार मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख देखि वडा न। ६ को पर्यटकीय स्थल घोडेपानीसम्म घोडा दौड प्रतियोगिता भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आगामी बैशाख १ गते घोडेपानीमा हुन लागेको घोडा दौड प्रतियोगिताको प्रचारप्रसारका लागि परिक्षण गरिएको हो । घोडा दौडमा ११ जनाले सहभागिता जनाएका थिए ।

घान्द्रुकका विश्व गुरुङले ४५ मिनेट २२ सेकेण्ड प्रथम, अनिल गुरुङले ४५ मिनेट ३० सेकेण्डमा दृतीय र दिपेन बिकले ४७ मिनेट ५५ सकेण्डमा शिखदेखि घोडेपानी पुगेर तृतीय भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार