चीनले बनाएको कृत्रिम सूर्य वास्तविक भन्दा १० गुणा चम्किलो !

एजेन्सी,मंगलबार मंसिर १७ गते । संसारमै दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । वातावरणका लागि पनि सूर्य उत्तिकै महत्व छ । तपाईंलाई थाहा छ रु चीनले आफ्नै सूर्य बनाइ सकेको छ । सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ ।

चीनले कृत्रिम सूर्य परमाणु फ्युजन गरेर बनाएको हो । वास्तविक सूर्यको भन्दा यसले १० गुणा बढी उज्यालो छर्ने छ । चीनको समाचार एजेन्सी सिन्ह्वाले कृत्रिम सूर्य निर्माण सम्पन्न भएको जनाएको छ । यो सूर्यले सन् २०२०देखि काम गर्ने दावी गरिएको छ । चीनको यो सूर्यको नाम ज्ी(द्दः रहेको छ ।

चीनको नेशनल न्युक्लियर कर्पोरेसनले साउथ वेस्टर्न इन्स्टीच्युट अफ फिजिक्ससँग मिलेर कृत्रिम सूर्य बनाएको हो । वैज्ञानिकहरुले उज्यालोसँगै तापक्रम पनि १३ गुणा बढी हुने बताएका छन् । पृथ्वीमा परमाणु सयन्त्रको प्रयोग उर्जा उत्पन्न गर्न प्रयोग गरिन्छ । यो नै चीनको मुख्य अनुसन्धानको क्षेत्र भएको छ ।कृत्रिम सूर्यको प्रयोग कृषि उत्पादन र उज्यालोका लागि प्रयोग गरिनेछ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार