भुटानलाई हराउँदै नेपालले जित्यो पुरुष फुटबलमा स्वर्ण

काठमाडौं,मंगलबार मंसिर २४ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो ।

नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ ।

नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५३औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे ।

यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार