गलेश्वर शिवालय क्षेत्र विकास कोषको छैटौं अधिवेशनबाट अध्यक्षमा पुन ः कार्की

बेनी ,मंगलबार मंसिर २४ गते ।
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर कार्की चयन हुनुभएको छ ।

तस्बिर : राम बानियाँ

मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले कार्कीलाइ चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष बमबहादुर पुनलाई अधिवेशनले पुन चयन गरेको छ ।

तस्बिर : राम बानियाँ

कोषको सञ्चालक समितिका सदस्यहरुमा पूर्ण बानियाँ,अम्मर बहादुर बस्नेत,हिराबहादुर बरुवाल,टिकादत्त सुवेदी,धनप्रसाद रोका,कुमारी रोका,प्रेमबहादुर चोखाल,आषिका पुर्जा र मनोज पौडेल चयन हुनृभएको कोषसका कार्यालय सचिव रामबहादुर बानिायँले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सदस्य विनोद केसीले गर्नुभएको थियो ।

तस्बिर : राम बानियाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार