सिद्धार्थ अक्षयकोषको अध्यक्षमा पुन मगर

च्युरिबोट,बुधबार पुस २ गते ।
म्याग्दीको मालिका गाउँपालिका–४च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा स्थापित श्री सिद्धार्थ अक्षयकोषको अध्यक्षमा भिजेन्द्रमान पुन मगर चयन हुनुभएको छ । विद्यालय संचालनमा आर्थिक सहयोग गर्ने उद्धेश्यले स्थापित अक्षयकोषको विद्यालयमा सम्पन्न बैठकबाट अध्यक्ष पुन मगर चयन हुनुभएको हो ।

अध्यक्ष पुन मगर सहित कार्यसमितिको उपाध्यक्षमा विद्यालयका पुर्व प्रअ ,पुर्व अध्यक्ष एवम् समाजसेवी तमबहादुर पुन मगर ,सचिव दलमान पुन तथा सदस्यहरुमा प्रअ ललितबहादुर घर्ति मगर ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबादुर घर्ति मगर ,बोमबहादुर पुन ,उपेन्द्रमान पुन मगर ,भिम बहादुर पुन र तिलकमान पुन मगर चयन हुनुभएको छ । भने विदेश संयोजक अन्तर्गत बेलायत संयोजकमा बागबिर चोचाङ्गी पुन मगर ,अमेरिका संयोजकमा इन्द्र बहाहदुर घर्ति मगर ,हङकङ संयोजकमा दिलिप सुतपहरे घर्ति पुन र बहराइन संयोजकमा जिवन पुन मगर चयन हुनुभएको सचिव पुन मगरले जानकारी दिनुभयो । कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने जनाइएको छ ।

अक्षयकोषमा अहिलेसम्म १३ लाख रुपैयाँ बढी रहेको कोषका अध्यक्ष पुनले जानकारी दिनुभयो । कोषको रकम बैंकमा खाता खोली जम्मा गरिएको र सोही कोषको रकमबाट आउने वार्षिक ब्याजबाट विद्यालयमा अध्यापनरत निजि स्रोतका शिक्षक व्यवस्थापनमा खर्च हुनु गरेको विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले जानकारी दिनुभयो । सदस्य संख्या बृद्धि गरी अक्षयकोषलाई बढाएर १ करोड पु¥याउने लक्ष्य रहेको कोषका अध्यक्ष पुन मगरले जानकारी दिनुभयो । साथै कार्यसमितिको बैशाखमा अर्को बैठक बस्ने निर्णय भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार