उद्योग वाणिज्य संघ दरबाङ इकाईको छैठौं वार्षिक साधारणसभा

बेनी,शनिबार पौष १२ गते ।
म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाईको छैठौं साधारणसभा सम्पन्न भएको छ । मालिका गाउँपालिका –६ दरबाङ्गमा रहेको सो दरबाङ्ग बजार इकाई समितिको शनिबार एक समारोहका विच छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्योगी व्यवसायीहरु उपभोक्ताप्रती जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उपभोक्तासंग प्रत्यक्ष जोडिएका विषयबस्तुहरुमा अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । बजार मुल्य निर्धारणमा एकरुपता ल्याउनुपर्ने बताउनुभयो ।

दर्ता नगरी व्यवसाय गर्ने र म्याद नाघेका सामान विक्री वितरणलाई रोक्न समितिले जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष रोका मगरले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । उपाध्यक्ष खर माया विटालुले कार्यक्रम सफलताको शुभकामना दिनुहुँदै व्यवसायीहरुलाई उत्पादनमुलक क्षेत्र कृषिमा लगानी बढाउन आग्रह गर्नुभयो ।

साथै म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले व्यवसायीहरुको हकहित अधिकारका लागी उद्योगा वाणिज्य संघ स्थापना भएको बताउनुभयो । उहाँले म्याग्दी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय सरकारसंग सहकार्य गरी अगाड बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सोही कार्यक्रममा दरबाङ्ग बजार इकाई समितिका अध्यक्ष गोविन सिँउथानी मगरले जिल्ला प्रशासन र स्थानीय सरकारसंगको सहकार्यमा बजार अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । साथै अध्यक्ष सिउँथानीले दर्ता नभएका व्यवसायीलाई दर्ताका विभिन्न कार्यक्रम मार्फत आह्वान गरिएको जानकारी दिनुभयो । करको दायरामा ल्याउन उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाई समितिले विभिन्न कार्यक्रम मार्फत व्यवसार्यीहरुलाई आह्वान गरिएको बताउनुभयो । अध्यक्ष सिंउथानी मगरले आगामी दिनमा यस क्षेत्रको मौलिक कला संस्कृती ,पर्यटकीय क्षेत्रको प्रचार प्रसार र व्यापार व्यवसाय प्रर्बदन गर्न दरबाङ्ग महोत्सव गर्ने योजना रहेको सुनाउनुभयो । महोत्सव संचालनका लागि स्थानीय सरकार ,म्याग्दी उद्योग वाणिज्य संघ र सबैसंग सहकार्य गर्ने बताउनुभयो ।

दरबाङ्ग बजार इकाई समितिका सदस्य राम प्रसाद रिजालको स्वागत तथा इकाईका सहसचिव अमृत सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार