म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित

बेनी,शनिबार  माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ ।
शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पुष २६ गते सुरु भएको अधिवेशन स्थगित गरेर शनिबार गरिएको मतदानमा ५५ जनाले सहभागिता जनाएका थिए । ६० जना मतदाता रहेकोमा ५५ मत खसेको र ५४ मत सदर भएको निर्वाचन मण्डलका संयोजक कमल विश्वकर्माले बताउनुभयो ।

शखाको कार्यकारिणी उपाध्यक्षमा हरि भण्डारी र सन्दिप खत्री चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा दिनेश विश्वकर्मा, कुमार बानिया, इन्द्रबहादुर विश्वकर्मा र सुनिता श्रेष्ठ चयन हुनुभएको छ । शाखा अध्यक्षमा दावी प्रस्तुत गरेका भरत रकाल र बिरेन्द्र श्रेष्ठ पछि हट्नुभएको थियो ।

१५ सदस्यीय शाखाको अन्य पदाधीकारीमा निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष बरुवालले मतदानमा भाग लिने सबैलाई धन्यवाद दिदै जेसीजको उद्देश्य र लक्ष्य अनुसारका गतिबिधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

संस्थाको संस्थागत विकाससंगै शाखा सदस्यहरुको क्षमता र नेतृत्व विकास तथा सामाजिक गतिबिधिलाई प्राथमिकता दिने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार