जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

म्याग्दी ,सोमबार माघ १३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सेवा संचालनमा ल्याइएको छ । एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा सेवा विस्तार गरेको जनाएको छ ।

एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले जनाएको छ । प्रभु बैंकले २०५ शाखा कार्यालय, १५२ एटीएम, ४५ एक्स्टेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार