मंगला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


बेनि,बुधबार फागुन ०१ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो |

मंगला माविमा भलिबल र कवड्ी र मालिका जनहित बोडिङ स्कुलमा एथेलेटिक्सतर्फ विभिन्न प्रतियोगिता संचालन भएको छ । मालिका जनहित बोडिङ स्कुलमा संचालन भएको १५ सय मिटर दौडको छात्रतर्फ मंगला माविका सुसन सुनार प्रथम, शिशुकल्याण मावि अर्मनका विकास केसी दिप्तृय र महेन्दरत्न मावि बंरजाका भुुमिराज रोका तितृय भएका थिए ।

त्यस्तै छात्रातर्फ महेन्द्ररत्न मावि बंरजाको विपिना विक प्रथम, त्रिभुवन मंगला माविकी अमृता खत्री दिप्तृय र मंगला माविकी मिना गीरी तृतिय भएका थिए । दौडमा प्रथम दिप्तिय र तितृय हुने खेलाडीहरुलाई प्रमुख अतिथि र गाउँपालिका अध्यक्ष लगायतले मेडल प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख केसीले गाउँपालिकास्तरीय अन्तर मावि राष्ट्रपति कपले राष्ट्रिस्तरका गुणस्तर खेलाडी उत्पादनमा सहयोग पु¥याउने बताउनुभयो । केसीले खेलाडीको क्षमतालाई उजागर गर्न विद्यालय ब्यवस्थापन समिति, प्रअ, शिक्षक, अभिभावकले शिक्षासंगै खेलकुदमा ध्यान आग्रह गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिका अध्यक्ष रोकाले अनुशासित पूर्वक आफ्नो खेलकौसल देखाउन विद्यार्थीहरुलाई आग्रह गर्दै प्रतियोगितालाई ब्यवस्थित रुपमा सम्पन्न गर्न सबै पक्षबाट रचनात्मक सहयोगको लागि आह्वान गर्नुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला, वडा नम्वर २ का वडाअध्यक्ष धनबहादुर खाती, मंगला शिक्षा क्याम्पसका अध्यक्ष श्रीराम पौडेल, मंगला माविका शिक्षक होमनाथ पाण्डेले उद्घाट्न कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षा शाखाका प्रमुख डेकबहादुर बानियाँको स्वागत, राजेन्द्र आचार्यको स्वागत मन्तव्यमा भएको कार्यक्रममा बाजागाजा, नृत्यसहित भब्य रुपमा प्रतियोगिता सुरु गरिएको थियो ।

९ विद्यालय सहभागि रहेको प्रतियोगितामा विजेता विद्यालयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्रले सम्मान गरिने प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतियोगिता फागनु ३ शनिबारसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार