माउन्ट एभरेष्ट आवासीय माविले मनायो विविध कार्यक्रम गरी ३० औं अभिभावक दिवस

बेनी,मंगलबार फागुन ०६ गते । म्याग्दीको बेनी स्थित माउन्ट एभरेष्ट आवासीय माविले विविध कार्यक्रम गरी आफ्नो ३० औं अभिभावक दिवस मनाएको छ ।
बेनीको महारानीथान कुरीलाखर्क स्थित मंगलबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरेर अभिभावक दिवस मनाएको हो । दिवसको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व शिक्षक कर्मचारी र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको प्रमुख आतिथ्यता र विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक राजु केसीले गर्नुभएको थियो । विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार