नेकपा म्याग्दीका जनपरिषद प्रमुख पुन पक्राउ

बेनी ,शनिबार फागुन १० गते ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निक्षिक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको थियो ।


५६ बषिय पुनलाई विशेष सुचनाका आधारमा शुक्रबार आदिभाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा एनसेल टावरमा आगजनी ,जनप्रतिनिधिहरुलाइ जबजस्ती चन्दा माग गरी आन्तङिकत गर्ने , कालोमोसो दली अभद्र व्यवहार गर्ने ,निर्माण व्यवसायीहरुका निर्माण उपकरणहरु (डोजर ईत्यादी)मा आगजनी गरी अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रमुख पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार