अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

सुरेन गुरुङ
पोखरेबगर ,शनिबार फागुन १७ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमलाई दिगोपना दिन र प्रवद्र्धन गर्नमा गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो । दुई दिन सम्म संचालन हुने कार्यक्रममा उहाँले गाउँपालिका भित्र रहेका सबै नागरिकलाई स्वस्थ आहाराको पहुँचमा ल्याउन गाउँपालिले जोड दिएको बताउनुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक बजेट पनि विनियोजन गरेको बताउनुहँदै सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा उपाध्यक्ष केशमाया मगर प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी लगायत एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमलाई दिगो बनाउन सबैको सहयोगको आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुनले कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु, पोषण बारे दिर्घकालिन सोच, लक्ष्य र उद्धेश्यहरु, नगरपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराउनुभएको थियो ।


गोष्ठीमा सुआहाराले प्रवद्धन गरेका मुख्य ब्यवहारहरु, सुआहारा कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धी सुचकहरुको अभिलेख एंवम् प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा छलफल गरिनेछ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,उपाध्यक्ष केशमाया मगरको स्वागत र तथा गाउँपालिका शिक्षा शाखा संयोजक भरत कुमार पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


गोष्ठीमा वडा अध्यक्ष ,सदस्यहरु ,विभिन्न राजनितिक दलका प्रतिनिधि ,लेखा अधिकृत जयाप्रसाद सुवेदी,इन्जिनियर इश्वर भण्डारी ,शिक्षा अधिकृत गणेश बहादुर बरुवाल,सुआहारा कार्यक्रम संयोजक चिरन्जीबी दाहाल ,शिक्षक महासंघ अध्यक्ष रमेश पुन ,विभिन्न विद्यालयका प्रअ ,कर्मचारी तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार