आविष्कार राष्ट्रिय समाचार

नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा डाक्टर महावीर पुन नियुक्त

काठमाडौं ,सोमबार फागुन १९ गते । म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले हस्ताक्षर गरेका छन् ।

केन्द्रको सहयोगका लागि बैंकले १० लाख रुपैयाँ प्रदान गरेको पुनले जानकारी दिए । पुनले आविष्कार केन्द्रको सहयोगका लागि आफू अन्य कुनै पनि कम्पनी र व्यावसायहरुको ब्राण्ड एम्बेसेडर बन्न तयार रहेको बताएका छन् ।नागरिक खबर

सम्बन्धित समाचार

thumbnail

रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ…

thumbnail

जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो…

thumbnail

कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही

काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा…

One comment

Write a Reply or Comment