इटलीमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ९३ को मृत्य


एजेन्सी ,आइतबार ,चैत ०९ गते ।
कोरोना भाइरसले पूरा संसारलाई गाँजेको छ । इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् ।

कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी उपराष्ट्रपतिको कोविड–१९ परीक्षणः

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयका एक कर्मचारी कोरोना भारसबाट संक्रमित पाइएका थिए । स्थानीय मिडिया रिपोर्ट अनुसार ह्वाइट हाउसका कर्मचारीको सन्दर्भमा कोरोना संक्रमणको यो पहिलो ज्ञात घटना हो । यस्तै, अब अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीको कोविड–१९ परीक्षण गरिएको छ ।

इरानमा अहलेसम्म १५ सय ५६ को मृत्युस्

इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ५६ को मृत्यु भएको छ । इरानमा अहिलेसम्म कोरोनाका २० हजार ६ सय १० संक्रमित भेटिएका छन् । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार