अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु

न्युयोर्क,मंगलबार चैत ११ गते । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार