पत्रकार गौतम परिवारद्धारा एक महिनाको घरभाडा मिनाहा

बेनी ,मंगलबार चैत ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमका परिवारले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतम परिवारले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हुन ।

कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट व्यवसाय गर्ने र कोठामा बस्नेलाई घरधनी गौतमकी आमा हिराकुमारी गौतमले एक महिनाको भाडा मिनाह गरेकी हुन । कोरोना भाइरसका कारण व्यवसायमा ठूलो मर्का परेपछि भाडावालाको समस्यालाई आत्मसात गदैं भाडा मिनाह गरिएको घरधनी गौतमले बताइन । ‘हामीसँग पैसा धेरै भएर होईन्,‘घरमै बस्नेहरुको समस्याले यो राहत दिएका छौ’ गौतमले भनिन ।

म्याग्दीमा प्रशासनले लकडाउन गरेपछि ब्यवसाय नै बन्द भएको अवस्थामा मानवताको नाताले सहयोग गरेको पत्रकार गौतमले बताए ।
पत्रकार गौतम माइला छोरा हुन । पत्रकार गौतम नागरिक दैनिकका म्याग्दी सम्बाददाता र बेनी अनलाइनका सञ्चालक हुन । म्याग्दीमा रहेर एकदशक भन्दा वढी पत्रकारितामा क्रियाशिल गौतम सामाजिक काममा समेत सकृय छन् ।

भने जेठो छोराबुहारी अनिश, दिपा फगामी गौतम अस्टे«लियामा छन् । त्यस्तै कान्छो भाई सालिकराम गौतम व्यवसायी हुन । म्याग्दीमा भाडा मिनाहा गर्ने गौतम परिवार पहिलो भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार