कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो

काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ ।

५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान्य छ । कोरोनाको संक्रमण सुरु भएयता अस्पताल भर्ना भएका १ लाख ६५ ६०६ अर्थात ८१ प्रतिशत निको भएर डिस्चार्ज भइसकेका छन् ।


अहिलेसम्म सबैभन्दा धेरै इटलीमा ११ हजार ५९१ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ७ हजार ७१६ जानले ज्यान गुमाएका छन् भने अमेरिकामा ३ हजार १६४ जनाको मृत्यु भइसकेको छ । चीनमा ३ हजार ३०५, फ्रान्समा ३ हजार २४ तथा इरानमा २ हजार ७५७ जानको मृत्यु भइससकेको छ ।

नेपालमा अहिलेसम्म पाँचजना संक्रमित देखिएका छन् । सबै विदेशबाट स्वदेश फर्किएकामा संक्रमण देखिएको हो । सरकारले संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । baahrakhari

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार