अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण

काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा  संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए। 

 र्‍यापिड टेष्टमा रिपोर्ट कोरोना पोजेटिभ देखिए पछि अस्पताल भर्ना गरिएको थियो। पीसीआर विधिबाट परीक्षणको लागि थ्रोट स्वाव र रगतको नमुना संकलन गरी लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। nagariknews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार