प्रभु बैंक दरबाङ शाखाद्वारा गाउँपालिकालाई खाद्यान्न सयोग

बेनी ,शुक्रबार बैशाख १२ गते ।
प्रभु बैंक लिमिटेड दरबाङ शाखाले जिल्लाको मालिका गाउँपालिकाले स्थापना गरेको खाद्यान्न भण्डारणमा खाद्यान्न सहयोग गरेको छ। लकडाउनबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई सहयोग पु¥याउने उद्धेश्ले गाउँपालिकाले स्थापना गरेको खाद्यान्न भण्डारणलाई शाखा प्रबन्धक बिपिन चोखालले गाउँपालिका अध्यक्षश्रीप्रसाद रोकामगर मार्फत १२ बोरा चामल र २ प्याक खाने तेल उपलब्ध गराउनुभएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकले खाद्यान्न भण्डारणलाई १२ बोरा चामल २ प्याक उपलब्ध गराएको छ ।

कार्यक्रममा उपाध्यक्ष खरमाया बिटालु, प्रमुख प्रशासकीय अधिकृत सुर्य बिश्वकर्मा, गाउँपालिकाको वडा नं.६ का वडा अध्यक्ष सन्तनाथ सुबेदी (सन्तोष) र स्थानीय समाजसेबी लगायको उपस्थिती रहेको थियो । सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष रोका मगरले आवश्यकताको आधारमा गाउँपालिकाका सबै वडा भित्रका गरिब तथा विपन्न परिवार पहिचान गरेर खाद्यान्न भण्डारण उपलब्ध राहत सामाग्री वितरण गरिने बताउनुभयो । राह वितरणलाई प्रभावकारी बनाउन एकद्धार प्रणाली अपनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार