मालिकामा ‘उपाध्यक्षसंग सुत्केरी महिला भेटघाट कार्यक्रम’ ःघिउ ,मेथी,अण्डा वितरण

बेनी,सोमबार बैशाख १५ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा ‘उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम’ सुरु भएको छ । उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम अन्तर्गतको सो कार्यक्रम गाउँपालिकाको वडा नं. ३ बाट सुरु भएको हो । कार्यक्रम मार्फत पहिलो दिन २० जना सुत्केरी महिलाहरुलाई १ माना घिउ ,ज्वानो,१ क्यारेट अण्डा, मेथी लगायत खरिद गरेर वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो ।आर्थिक बर्ष २०७६÷०७७ अन्तर्गतको साउन महिना यताका सुत्केरीहरु महिलाहरुको हितका लागि यो कार्यक्रम संचालन गरिएको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो ।

‘नौं महिनाका सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको हो,’उपाध्यक्ष विटालुले जानकारी दिनभयो ,‘सुत्केरी महिलाहरुलाई पोषिणयुक्त खानेकुरा वितरण गरेका छौं ।’ सुत्केरी महिलाहरुका लागि कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुहुँदै उपाध्यक्ष विटालुले कार्यक्रम गाउँपालिकाको सात वटै वडामा संचालन गरिने जानकारी दिनुभयो ।

उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रमको लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो । सो कार्याक्रम अन्तर्गत गर्भवती महिलालाई पोसिलो खाना ,‘घरघरमा झण्डा हातहातमा अण्डा’,सुनौला हजार दिनका आमा,स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता साथै स्वास्थ्य संस्था भन्दा बाहिर प्रसुती गराउन जानेलाई निशुल्क एम्बुलेन्स सेवा लगायत समावेश गरिएको छ ।कार्यक्रममा उपाध्यक्ष विटालुसंगै कार्यपालिका सदस्य, गाउँपालिका स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की, र कर्मचारी सावित्री गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार