बलिउड अभिनेता खानको ५४ बर्षमा निधन

काठमाण्डौं,बुधबार बैशाख १७ गते ।
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । इरफान न्यूरो इन्डोक्राइन नामक रोगबाट आक्रन्त थिए । मंगलबार भएको उनको निधनले बलिउड शोमा डुबेको छ ।

इरफान खान आफ्नो अभिनय कौशलका कारण बलिउड फिल्म नगरीमा परिचित थिए । उनले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मिडियम’ विषयगत फिल्ममा अभिनय गरेका थिए । ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका उनले भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पुरस्कार समेत पाएका थिए ।

इरफान खानले अभिनय गरेका अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’ हो । जुन फिल्म केही समय अगाडी प्रदर्शनमा आएको थियो । बलिउडका प्रख्यात कलाकार इरफान खानाप्रति श्रद्धा सुमन ! रमाइलो छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार