रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

दाङ,विहिबार बैशाख १८ गते । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थियो । पुरानो बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । घटनावारे थप विवरण आउन बाँकी नै छ ।baahrakhari

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार