बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ

बागलुङ ,बुधबार चैत १९ गते ।
कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो ।

परिक्षणका लागि पठाईएको मध्ये अन्सुका बाबा ऋषीराम सापकोटा, हजुरबुबा लिलाधर सापकोटा, दाई आकाश चापागाई र दिदी प्राप्ती चापागाईको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र वि.पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार युवती सहित परिवारका अन्य सदस्यहरु ६ जनाको स्वाब परिक्षण हुँदै छ । रिपोर्ट भोलिसम्म आउने उहाँले बताउनुभयो ।आदर्श अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार