हिमाली सहकारीद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी ,शुक्रबार चैत २१ गते ।
सहकारी दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । सहकारीले विहिबार ६३ औं सहकारी दिवसको अवसरमा लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने विपन्न ३४ घर परिवारलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

उहाँका अनुसार धारखर्क, टोलाबाङ्ग, अल्काचौर, तल्लो दुखु र बालौटेका अति बिपन्न परिवारलाई सहकारिले घरदैलोमा पुगेर राहत बितरण गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री घरदैलोमा पुगेर वितरण गरिएको सहकारीका उपाध्यक्ष गोविन सिउथानीले जानकारी दिनुभयो ।

सो खाद्यान्न राहत सामाग्री सहकारीका अध्यक्ष विरेन्द्र पुन मगर ,उपाध्यक्ष सिउथानी , प्रबन्धक श्रीमन रोका र लोकदोहोरी गायक रामु रिजालले वडा अध्यक्ष सन्तोष सुवेदी मार्फत हस्तान्तरण गर्नुभएको हो । प्रति परिवार दुई हजार रुपैयाँका दरले ३४ घरपरिवारलार्ई दैनिक उपभोग्य सामाग्री चामल ,नुन, तेल र दाल लगायत वितरण गरिएको सहकारीका प्रबन्धक रोकाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार