म्याग्दीको फुलडाँडामा चेकपोष्ट स्थापना

अमित बिश्वकर्मा
बेनी ,शुक्रबार चैत २१ गते ।
म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपोष्टमा खटिएको छ । चेकपोष्टमा त्यस स्थानभन्दा बाहिर बाट आउनेलाइ चेकजाँच गर्ने र कोरोना भाइरसको बारेमा सचेतना प्रदान गर्ने गरिएको जनस्वयमसेबकको रुपमा खटिनुभएका ठाडाखानीका प्रबिण छन्त्यालले बताउनु भएको छ ।

साथै यही चेकपोष्टबाटै रघुगंगाको वडा नं ६ मा आजै देखि बाहिरको जो कोही ब्यक्तीलाई पनि अत्याबश्यक काम बाहेक प्रबेश गर्नु नदिइने उहाँले बताउनु भयो । सो टोलीले चैत १६ गते पाखापानी, फुलडाँडा, औल, बुजेप र थिरबा»मा घरदैलो अभियान मार्फत कोरोना संक्रमण र लकडाउनको बारेमा सचेतना प्रदान गरेको छ ।

त्यसैगरि चैत १७ गते घन्टीबा», गवानाखर्क, कालोबा» र ठाडाखानी चैत १८ गते पुतपुत, कोटगाउँ र कालमुडा र चैत १९ गते मुलपानी, रायखोर र उल्लेरीमा घरदैलो अभियान गरि स्थानीयलाइ लकडाउनको पुर्णरुपमा पालन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी घरमै बस्न र नियमित रुपमा साबुन पानीले हात धुन र समुहमा भेला भइ नबस्न समेत अनुरोध गरको पाखापानी प्रहरी चौकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार