जलजला गाउँपालिकाद्धारा तीस लाखको कोरोना रोकथाम तथा नियन्त्रण कोष ,अध्यक्ष मल्लद्धारा दुई लाख रुपैयाँ बढी सहयोग

म्याग्दी ,शुक्रबार चैत २१ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि जलजला गाउँपालिकाले तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ ।


लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा विभिन्न शिर्षकबाट रकमान्तर गरी तीस लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिकाका प्रवत्ता एवम् वडा नं ३ का अध्यक्ष देविन्द्र भण्डारी (रबि)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषमा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले व्यक्तिगत रुपमा दुई लाख चालीस हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।बैठकमै अध्यक्ष मल्लले प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई नगद हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष मल्लले विषम परिस्थितीमा सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुहुँदै लकडाउनको पुर्ण पालना गर्न समेत अनुरोध गर्नुभयो ।
गाउँपालिकाले कोषमा सहयोगको अपिल समेत गरेको छ । जलजला–४ मोहनचोकमा रहेको लुङ्दी आधारभूत विद्यालयमा एकिकृत क्वारेन्टाइन निर्माण गर्ने र वडा न. ७ मिलनचोक स्थित स्वास्थ्य शाखा रहेको भवनमो खाद्य बैङ्क स्थापना गर्ने निर्णय भएको छ ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई राहत उपलब्ध गराउन वडा कार्यालय मार्फत आवेदन संकलन भैरहेको छ । राहत वितरणलाई सरकारको निर्णय अनुसार एकद्धार प्रणाली अपनाउने निर्णय गरेको छ । जलजला गाउपालिकाले यसअघि कुश्मा स्थित पर्वत जिल्ला अस्पतालमा स्थापना भएको पर्वत कोरोना अस्पतालका लागि सात लाख रुपैयाँ बिनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार