मंगला गाउपालिकामा बिपन्न र श्रमिक परिवारलाई राहत वितरण सुरु

राजकुमार पाण्डे
बाबियाचौर,आइतबार  चैत २३ गते । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ ।

बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्टीका प्रतिनिधिहरुले राहत वितरण सुरु गर्नुभएको हो ।

मंगला गाउपालिकाको ५ वटा वडामा लकडाउनका कारणले आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ३७७ परिवार राहतका छनौट भएका छन् । उनिहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनौट गरेपछि राहत वितरण गर्न थालिएको हो ।

प्रति परिवार एक बोरा चामल, तीन केजी दाल, २ पोका नुन, चार पोका तेल, दुई केजी चिनी र ४ वटा साबुनका दरले वितरण गरिने भएको छ । ५ वटै वडाका जनप्रतिनिधिहरु मार्फत टोल टोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

वडा न. २ का अध्यक्ष धनबहादुर खाती, वडा सदस्य राजु पाण्डे लगायतको टोलीले मंगला माविमा ५२ र रणवाङमा ३७ घरलाई खाद्यान्न वितरण गरिएको थियो । सिमलचौर, मिथौला, ¥यालेखोर, कुकुर बिसौनामा सोमबार, हिदी र सल्यानमा मंगलबार राहत वितरण गर्ने कार्यतालिका बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार