ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द

सिजन रोका
किमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ ।

मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा अगुवाहरुको बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो ।

सडक र पैदलमार्ग भएर गरिने आवत जावत बन्द गराइएको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । निर्णय पालना नगरि आवत जावत गर्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइन ९एकान्तबास० बस्न लगाउने र पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।

कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनकाे प्रभावकारी कार्यान्वयनका लागि सिमा क्षेत्रमा स्वमसेवक परिचालन भएको छ । बागलुङका दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि म्याग्दी र बागलुङको सिमा नाका पूर्ण रुपमा बन्द गरिएको छ ।

एक वडाबाट अर्को वडा, एउटा पालिकाबाट अर्को पालिकामा हुने आवत जावतलाई पनि स्थानीय तहहरुले रोक लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार