मोनाद्धारा आपतकालिन राहत कोष स्थापना

म्याग्दी ,बुधबार चैत २६ गते । जिल्ला विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ ।

विश्वब्यापी  महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड -१९ )का कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरेको हो ।

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा मंगलबार बसेको पाँचौ बैठकले स्थापना गरेको कोषमा कार्यसमितिका पदाधीकारी र सदस्यहरुबाट दश लाख रुपैयाँ संकलन भएको महासचिव बिक्रम कार्कीले जानकारी दिनुभयो ।

महासचिव कार्कीका अनुसार कोषको रकम कोरोनाका कारण समस्यामा परेका प्रवासमा रहेका म्याग्देलीको उपचार, राहत र जिल्लामा आवश्यक पर्ने काममा परिचालन गरिनेछ । मोना आइसीका कोषाध्यक्ष मुक्ति रोका संयोजक, पूर्णीमा पाईजा (आशा) र किसान जिसी सदस्य रहेको समिति गठन भएको छ ।

कोरोनाबाट अस्टे«लीयामा एक जना म्याग्देली संक्रमित भएकोमा उपचारपछि निको भएको बैठकमा जानकारी गराइएको थियो । विभिन्न देशमा रहेका मोनाका प्रतिनिधिहरुले आफ्नो देशमा रहेका म्याग्देलीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

मोनाले कोषमा सहयोग गर्न र कोरोनाबाट बच्नका लागि सतर्कता अपनाउन प्रवासी तथा जिल्लाबासीहरुलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार